शनिबार, माघ १७, २०८२

माधव नेपालले कार्यकर्तालाई भने, अरुले जस्तो बादरे नाँच नचाच्नु

मेरोन्यूज २०७८ साउन २३ गते १९:१६

काठमाडौँ । एमालेभित्रै अन्त्रसंर्घष चर्काईरहेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र सबैथोक म नै हुँ भन्ने मान्छेका कारण समस्या निम्तिरहेको बताएका छन् । अध्यक्ष केपी ओलीप्रति लक्षित गदै नेता नेपालले आफु पार्टीभित्रको समस्या समाधान गर्न केन्द्रीत हुन खोजेपनि सवैथोक म नै हुँ, म सर्वज्ञानी हुँ भन्नेहरुले पार्टीभित्रको समस्या समाधान हुन नसकिरहेको बताएका हुन् ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै नेपालले त्यस्तो बताएका हुन् ।

नेपालले भने,– ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं हामी ? हो त्यही उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’

नेपालले पार्टीभित्र अरुले जस्तो बादरे नाँच नचाच्न पनि आफु निकटका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘पार्टीलाई नयाँ जीवन दिन हामीहरु लाग्नुपर्छ । नेपालले भने, – तपाईहरु नयाँ हुनुपर्छ । अरुले जस्तो बाँदरे नाच नाच्ने काम गर्नु हुदैन । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न हुँदैन ।’ नेता नेपालले भने ।

नेपालले आफूभित्र रहेका त्रुटिहरु स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताए ।

‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।’ नेपालले भने ।

नेपालले अहंकारका प्रवृत्तिहरु देखा परेको भन्द्यै सामुहिकतामा जोड दिनुपर्ने पनि वताए । उनले भने, –‘सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा ९एमाले०मा समस्या देखापर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’

प्रतिक्रिया