भूपू गोर्खाकी छोरी बेलायतको टोटेनह्याम फुटबल क्लबमा आवद्ध

लण्डन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् ।
उनले सन् २०२३ सम्मका लागि क्लबमा आवद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुवन्धित थिइन् ।
वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागी समेत भएकी थिइन् ।
आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ ।
छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ ।
टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताइन् ।
क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताए ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया