अमेरिकी डलर लगायत केही देशकाे विनिमयदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आइतबार कायम गरेको बैदेशिक विनिमय दरमा अमेरिकी डलर लगायत केही राष्ट्रको विनिमय दर गत साताजस्तै स्थिर रहेको जनाएको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा रहेको छ । बिक्रिदर १ सय १८ रुपैयाँ ९६ पैसा कायम छ ।
युरोपियन युरो १ को खरिददर १ सय ३९ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १ सय ४० रुपैयाँ ५० रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५० पैसा रहेको छ । बिक्रिदर ८७ रुपैयाँ ९५ पैसा छ ।
यसैगरी क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ८ पैसा कायम छ ।
सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ६१ पैसा छ । बिक्रिदर ८८ रुपैयाँ ५ पैसा कायम रहेको राष्ट्र बैंकले जारी गरेको तत्थ्यांकमा उल्लेख छ ।
यस्तै जापानिज एन १० को खरिददर १० रुपैयाँ ७८ पैसा रहको छ । बिक्रिदर १० रुपैयाँ ८३ पैसा कायम छ । चाईनिज युआन १ को खरिददर १८ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३९ पैसा कायम रहको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले तयार पारेको विनिमयदर सूचीमा उल्लेख छ ।
यस्तै कतारी रियाल १ को खरिदरद ३२ रुपैयाँ ५१ पैसा छ । बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३२ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३९ पैसा कायम रहेको छ ।
राष्ट्र बैंकका अनुसार मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २० पैसा छ । दक्षिण कोरिया वन १ सयको खरिददर १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।
















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया