दुई दिनमा दुई प्रान्तीय राजधानी तालिबानको कब्जामा

काबुल । अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ ।
अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।
उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।
यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताएको छ। तालिवान समूहले प्रानीय सहरलाई आफ्नो पकडमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्का हो ।
पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिवानको रणनीति रहेको तालिवान समूहका एक कमाण्डरले बताए । सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ । एजेन्सी
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया