बुधबार, पुष २, २०८२

जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप आज र भोलि

मेरोन्यूज २०७८ साउन २५ गते ९:५१

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा दिंइदै छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका जेष्ठ नागरिकलाई दिन लागिएको जानकारी दिए ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताए ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।

भुटानबाट तीन लाख डोज र जापानबाट ८ लाख डोज खोप आइपुगेको छ । जापानले दिने १६ लाख मध्येको ८ लाख डोप खाेप भने केही दिनमा आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया