आइतबार, माघ १८, २०८२

सर्वोच्चद्वारा जसपा लुम्बिनी प्रदेशका तीन सांसदलाई पुर्न वाहाली गर्न अस्वीकार

मेरोन्यूज २०७८ साउन २५ गते १५:३२

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन सांसदलाई पुर्न वाहाली गर्न अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पुर्न वाहाली गर्न अस्वीकार गरेको छ ।

पार्टीको निर्देशन विपरित लुम्बिनी प्रदेशका मुखयमन्त्री शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले तीन सांसदलाइृ कारबाही गरेको थियो । यसरी कारबाही पर्नेमा प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि महन्थ ठाकुर पक्षका तीन सांसदलाई कारबाही गरेको प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो । जसपाको पत्रका आधरमा प्रदेश सभा सचिवालयले उनीहरुलाई सांसद पदबाट कारबाही गरेको थियो ।

उक्त कारबाहीविरुद्ध सांसदहरु पुर्न वाहालीको माग गर्दै सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनीहरुको रिटमाथि सुनुवाइ गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको छ ।

प्रतिक्रिया