सोमबार, माघ ७, २०८१

कांग्रेस नेता पौडेल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ साउन २५ गते १६:५७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

Advertisement

पार्टी महाधिवेशन तोकियको समयमा नहुने देखिएपछि पौडेल पक्षले आन्तरिक छलफल गर्न थालेको हो । पौडेल पक्षले आज बिहान जिल्ला सभापतिको भेला गरेको थियो ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायतका नेताहरु सहभागी छन् । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ ।

प्रतिक्रिया