बुधबार, वैशाख २३, २०८३

एमालेले गर्‍यो चार मस्यौदा समिति गठन

मेरोन्यूज २०७८ साउन २५ गते १८:१७

काठमाडौं । नेकपा एमालेले मस्यौदा समिति गठन गरेको छ । सोमबारको केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको हो ।

Advertisement
NiccNicc

बैठकमा महासचिव ईश्वर पोखरेलले चारवटा मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गर्ने छ । त्यसपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

मस्यौदा समितिहरू

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२. संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३. विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४. व्यवस्थापन समिति
संयोजकः रामवहादुरथापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

प्रतिक्रिया