साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ ।
साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली फुटबल महासंघसमक्ष प्रस्ताव राखेका थिए । प्रस्ताव अध्ययनपछि प्रतियोगिता आयोजना गर्ने जिम्मा माल्दिभ्सले पाएको हो । नेपालमा पछिल्लो समय कोरोना महामारी बढ्दै गएका कारण साफ च्याम्पियनशिप आयोजना गर्न अनुमति नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
यसअघि १३औँ संस्करणको साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको थियो । बङ्गलादेशले कोरोनाका कारण साफ च्याम्पियनशिप आयोजना गर्न नसक्ने जनाएपछि कसले प्रतियोगिता गर्ने भनेर केही समय कुर्नु परेको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलङ्कासित मिलेर संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
साफमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिने पक्का भएको एन्फाले जनाएको छ । भूटानले भाग लिने वा नलिने विषयमा केही दिनमा निर्णय गर्ने बताइएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले प्रतिबन्ध लगाएका कारण पाकिस्तानले भने साफमा भाग लिन पाउने छैन । नेपालले हालसम्म साफको उपाधि जित्न सकेको छैन ।
नेपाली फुटबल टोलीले बुधबारदेखि कास्कीको पोखरामा साफको तयारी स्वरुप अभ्यास सुरु गर्ने भएको छ । साफ अघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेल्नेछ । नेपालले भारतसित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आगामी भदौ १७ र भदौ २० गते खेल्ने तय भएको छ ।














टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया