आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २६ गते मंगलबार, श्रावण शुक्लपक्षको द्वितीया तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
सुख सन्तोष प्राप्त हुने छ । थोरै–थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । पेशागत जीवन अनुकुल रहने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ ।
वृष
सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । मनमा भने खिन्नताले सताउने छ । मनलाई नियन्त्रण गर्न गम्भीर प्रयास गर्नु होला । साझेदारीमा गरेका कामहरुमा उल्झनहरु देखा पर्ने छ । पेशागत जीवन औसत देखिन्छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ ।
मिथुन
आत्माविश्वासमा पनि कमि देखिने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता आउने भएकाले राहत मिल्ने छ । भाग्यको साथ नरहेकाले सकारात्मक परिणाम आउन कठिन हुने छ ।
कर्कट
कमजोर मनोबल भएको ब्यक्तित्व हुन पुग्ने छ । आँट र दृढताको कमि हुने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन अन्यौलताबाट गज्रनु पर्ने हुन्छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ ।
सिंह
भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोषको आभाष हुने छैन् । शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था भने आउने छैन् ।
कन्या
मनमा दुविधाले सताउने छ । मनोबलको कमि हुनाले लक्ष्य प्रति बिचलन आउने छ । आम्दानीमा भारी गिरावट आउने छ । साझेदारीका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत प्रकृतिको अवस्थाबाट अघि बढ्ने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा परिणाम निकै प्रतिफलदायी हुन जाने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले संयमित रही व्यवहारमा रहनु होला ।
वृश्चिक
मनमा नकारात्मक भावनाले सताउने छ । साथै मनमा दुविधात्मक विचारले सताउने छ । एकपछि अर्काे समानान्तर विचार आइरहने हुँदा निर्णय क्षमतामा गिरावट ल्याउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने देखिन्छ ।
धनु
भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । व्यवसायिक जीवन औसत प्रकृतिको रहने छ । धेरै जोखिम भन्दा निरन्तरतालाई प्राथमिकतामा राख्दा उपयुक्त हुने देखिन्छ ।
मकर
दृढ प्रकृतिको व्यक्तित्व बन्ने छ । तर अनेक विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । पेशागत जीवनमा संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला ।
कुम्भ
मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । वौद्धिक क्षमतामा भने बृद्धि हुने छ । मनमा सुख–शान्तिको आभाष हुने छ । पेशागत जीवन धेरै उत्कृष्ट नभए पनि धेरै कमजोर पनि बन्ने छैन् । पेशागत जीवनबाट मनमा सन्तुष्टि भने प्राप्त हुने छ ।
मीन
प्रतिष्पर्धीसँग जुधेर अघि बढ्नु पर्ने हुनेछ । तपाईप्रति परिवारको भरोसा बढ्ने छ । बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले संयमित रही पाइला चाल्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया