आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २६ गते मंगलबार, श्रावण शुक्लपक्षको द्वितीया तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
सुख सन्तोष प्राप्त हुने छ । थोरै–थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । पेशागत जीवन अनुकुल रहने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ ।
वृष
सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । मनमा भने खिन्नताले सताउने छ । मनलाई नियन्त्रण गर्न गम्भीर प्रयास गर्नु होला । साझेदारीमा गरेका कामहरुमा उल्झनहरु देखा पर्ने छ । पेशागत जीवन औसत देखिन्छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ ।
मिथुन
आत्माविश्वासमा पनि कमि देखिने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता आउने भएकाले राहत मिल्ने छ । भाग्यको साथ नरहेकाले सकारात्मक परिणाम आउन कठिन हुने छ ।
कर्कट
कमजोर मनोबल भएको ब्यक्तित्व हुन पुग्ने छ । आँट र दृढताको कमि हुने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन अन्यौलताबाट गज्रनु पर्ने हुन्छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ ।
सिंह
भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोषको आभाष हुने छैन् । शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था भने आउने छैन् ।
कन्या
मनमा दुविधाले सताउने छ । मनोबलको कमि हुनाले लक्ष्य प्रति बिचलन आउने छ । आम्दानीमा भारी गिरावट आउने छ । साझेदारीका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत प्रकृतिको अवस्थाबाट अघि बढ्ने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा परिणाम निकै प्रतिफलदायी हुन जाने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले संयमित रही व्यवहारमा रहनु होला ।
वृश्चिक
मनमा नकारात्मक भावनाले सताउने छ । साथै मनमा दुविधात्मक विचारले सताउने छ । एकपछि अर्काे समानान्तर विचार आइरहने हुँदा निर्णय क्षमतामा गिरावट ल्याउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने देखिन्छ ।
धनु
भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । व्यवसायिक जीवन औसत प्रकृतिको रहने छ । धेरै जोखिम भन्दा निरन्तरतालाई प्राथमिकतामा राख्दा उपयुक्त हुने देखिन्छ ।
मकर
दृढ प्रकृतिको व्यक्तित्व बन्ने छ । तर अनेक विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । पेशागत जीवनमा संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला ।
कुम्भ
मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । वौद्धिक क्षमतामा भने बृद्धि हुने छ । मनमा सुख–शान्तिको आभाष हुने छ । पेशागत जीवन धेरै उत्कृष्ट नभए पनि धेरै कमजोर पनि बन्ने छैन् । पेशागत जीवनबाट मनमा सन्तुष्टि भने प्राप्त हुने छ ।
मीन
प्रतिष्पर्धीसँग जुधेर अघि बढ्नु पर्ने हुनेछ । तपाईप्रति परिवारको भरोसा बढ्ने छ । बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले संयमित रही पाइला चाल्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया