जसपा ठाकुर पक्षकाे कार्यकर्ता भेला आज कपिलवस्तु र बाँकेमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज पाँचौं दिन कपिलवस्तु र बाँकेमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ ।
कपिलवस्तुको भेलालाई राजेन्द्र महतो, उमाकान्त झा, सर्वेन्द्र नाथ शुक्लले सम्वोधन गर्ने तय भएको छ । यस्तै बाँकेमा एकवाल अहमदले सम्बोधन गर्ने जसपाको ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए ।
ठाकुर पक्षले यही साउन २२ गते शुक्रबारबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना सुरु गरेको हो ।
पार्टीभित्रको आन्तरिक विवादका कारण जसपाको आधिकारिता हेड काउन्टका आधारमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको थियो ।
पार्टीको आधिकारिकता यादव पक्षलो पाएपछि जसपामै रहेर समानान्तर गतिविधी सञ्चालन गर्दै आएको ठाकुर पक्षले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै ठाकुरलाई अध्यक्षबाट र अन्य केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई पनि हटाएको छ ।
सो समूहले ठाकुर पक्षलाई कार्यकारिणी समितिबाट हटाएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएर आयोगले पनि दलको विवरणमा अध्यावधिक गरिसकेको छ । यो सँगै अब ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि दबाब बढेको छ ।
















सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया