आइतबार, माघ १८, २०८२

जसपा ठाकुर पक्षकाे कार्यकर्ता भेला आज कपिलवस्तु र बाँकेमा

मेरोन्यूज २०७८ साउन २६ गते १०:१८

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आज पाँचौं दिन कपिलवस्तु र बाँकेमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ ।

कपिलवस्तुको भेलालाई राजेन्द्र महतो, उमाकान्त झा, सर्वेन्द्र नाथ शुक्लले सम्वोधन गर्ने तय भएको छ । यस्तै बाँकेमा एकवाल अहमदले सम्बोधन गर्ने जसपाको ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए ।

ठाकुर पक्षले यही साउन २२ गते शुक्रबारबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना सुरु गरेको हो ।

पार्टीभित्रको आन्तरिक विवादका कारण जसपाको आधिकारिता हेड काउन्टका आधारमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

पार्टीको आधिकारिकता यादव पक्षलो पाएपछि जसपामै रहेर समानान्तर गतिविधी सञ्चालन गर्दै आएको ठाकुर पक्षले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै ठाकुरलाई अध्यक्षबाट र अन्य केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई पनि हटाएको छ ।

सो समूहले ठाकुर पक्षलाई कार्यकारिणी समितिबाट हटाएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएर आयोगले पनि दलको विवरणमा अध्यावधिक गरिसकेको छ । यो सँगै अब ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि दबाब बढेको छ ।

प्रतिक्रिया