प्रधानमन्त्री ज्यू, १६५ जनाको जथ्थाले एमसिसी के गर्छ : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे संविधान संशोधन हुनु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आवश्यक परे संविधान संशोधन हुनु पर्ने भए पनि अहिलेको संविधान सर्वस्वीकार रहेको बताएका हुन् ।
यस्तै, सभालाई सम्बोधन गर्दै ओलीले दार्चुलाका जयसिंह धामी तर्दै गरेको तुइन भारतीय एसएसबी काटिदिएको घटनाबारे सरकारसँग प्रश्न गरेका थिए । ‘म प्रधानमन्त्री हुनुभन्दा पहिला भारतीय सरकारले सीमामा पुल बनाउँदै दिँदैन थियो,’ उनले भने, ‘वर्तमान प्रधानमन्त्री (शेरबहादुर देउवा)को घरबाट पारिपट्टी (भारत) जान अघिल्लो सरकारले पुल हालिदिएको छ, अहिले सजिलो भएको होला, उहाँ (देउवा)लाई थाहा होला ।’
अध्यक्ष ओलीले सरकारले एमसिसीबारे के गर्छ ? भनेर प्रश्न गरेका थिए । उनले भने, ‘एमसिसी के गर्नु हुन्छ ? प्रधानमन्त्री ज्यू, तपाईसँग रहेको १६५ जनाको जथ्थाले के गर्छ ?’
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे अहिलेको सरकारले केही गर्न नसक्ने बताए । सरकारले जारी गरेको संयुक्त साझा कार्यक्रममा एमसिसी र भारतीय सीमाबारे मौन बसेको आरोप लगाएका छन् ।
उनले भने, ‘डेढ वर्ष पर्खिनुहोस्, लिम्पियाधुरा, लिपुलेक र कालापानी हामी ल्याउँछौँ, एमसिसीबारे खुलेर बोल्नुहोस् ।’










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया