प्रधानमन्त्री ज्यू, १६५ जनाको जथ्थाले एमसिसी के गर्छ : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे संविधान संशोधन हुनु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आवश्यक परे संविधान संशोधन हुनु पर्ने भए पनि अहिलेको संविधान सर्वस्वीकार रहेको बताएका हुन् ।
यस्तै, सभालाई सम्बोधन गर्दै ओलीले दार्चुलाका जयसिंह धामी तर्दै गरेको तुइन भारतीय एसएसबी काटिदिएको घटनाबारे सरकारसँग प्रश्न गरेका थिए । ‘म प्रधानमन्त्री हुनुभन्दा पहिला भारतीय सरकारले सीमामा पुल बनाउँदै दिँदैन थियो,’ उनले भने, ‘वर्तमान प्रधानमन्त्री (शेरबहादुर देउवा)को घरबाट पारिपट्टी (भारत) जान अघिल्लो सरकारले पुल हालिदिएको छ, अहिले सजिलो भएको होला, उहाँ (देउवा)लाई थाहा होला ।’
अध्यक्ष ओलीले सरकारले एमसिसीबारे के गर्छ ? भनेर प्रश्न गरेका थिए । उनले भने, ‘एमसिसी के गर्नु हुन्छ ? प्रधानमन्त्री ज्यू, तपाईसँग रहेको १६५ जनाको जथ्थाले के गर्छ ?’
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे अहिलेको सरकारले केही गर्न नसक्ने बताए । सरकारले जारी गरेको संयुक्त साझा कार्यक्रममा एमसिसी र भारतीय सीमाबारे मौन बसेको आरोप लगाएका छन् ।
उनले भने, ‘डेढ वर्ष पर्खिनुहोस्, लिम्पियाधुरा, लिपुलेक र कालापानी हामी ल्याउँछौँ, एमसिसीबारे खुलेर बोल्नुहोस् ।’
















इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया