विद्यार्थीद्धारा परीक्षा रोक्न माग गर्दै आन्दोलन
काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । प्रदर्शनीस्वरुप गरेको आन्दोलनमा ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै नाराबाजी गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका उनीहरुलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ ।
परीक्षामा धेरै भीडभाड हुने भन्दै विद्यार्थीहरुले पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । उनीहरुमध्ये केहीले कलेजको बाहिर प्रदर्शन गरेका छन् भने केहीले कलेज परिसरभित्र पुगेरै प्रदर्शन गरेका थिए ।
पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका आइसकेको भदौ ५ गतेसम्मको परीक्षा स्थगित नगर्ने भन्दै यथावतमै सञ्चालन गर्ने निर्णय गरेको थियो ।
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया