लेबनानका आधाभन्दा बढी प्रवासी कामदार सहयोगको पर्खाइमा : संयुक्त राष्ट्रसंघ

बेरुत । अधिकांश जनसंख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक संकटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको संयुक्त राष्ट्रसंघले मंगलबार चेतावनी दिएको छ ।
उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।
लेबनान १९ औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी रहेको विश्व बैंकले बताएको छ । स्थानीय मुद्राको ९० प्रतिशत भन्दा बढी हिस्सा कालोबजारीको कारण थप संकटमा परेको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले गत हप्ता देशको जनसङ्ख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको बताएको छ । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी छ ।
अत्यधिक गरिबी लेबनानको जनसङ्ख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसिएचएले बताएको छ ।
आप्रवासन मामिलासम्बन्धी अन्तर्राष्ट्रिय संगठनले मंगलबार प्रवासी कामदारहरूलाई विशेष गरी कडा असर परेकोमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघको एजेन्सीका माथियु लुसियानोले भने, “उनीहरूले जागिर गुमाएका छन् र भोकै दिन बिताउनु पर्ने अवस्थामा पुगेका छन् । चिकित्सा उपचारमा जान सक्दैनन् साथै महामारीबाट सुरक्षित महसुस गर्न सक्दैनन् ।”
“धेरै जना लेवनान छोड्न चाहन्छन् र यसका लागि आतुर छन् तर उनीहरूसँग त्यसो गर्ने औकात छैन ।”
आईओएमका अनुसार लेबनानमा बसोबास गर्ने दुई लाख १० हजार प्रवासी कामदारहरूमध्ये लगभग उक लाख २० हजारलाई मानवीय सहयोगको खाँचो छ ।
आधिकारिक मूल्य एक हजार ५०० पुगेको लेवनानी मूद्रा कालो बजारी गरी अहिले लेबनानमा २०,००० भन्दा बढीसम्ममा बिक्री हुन्छ र यसले गर्दा तीव्र मुद्रास्फीति बढेको छ ।
यसले गर्दा प्रवासी कामदारहरूको ज्याला कम भइसकेको छ र अधिकांशले घर फर्कन चाहेका छन् तर आर्थिक अभाव र महामारीजन्य प्रतिबन्धका कारण उनीहरू भोकभोकै लेबनानमा बस्न बाध्य छन् ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया