बुधबार, फागुन २०, २०८२

प्रहरी हेडक्वार्टरबाट प्रश्नपत्र चोरिएको पुष्टि, छानबिन समितिले बुधबार प्रतिवेदन बुझाउने

दया दुदराज २०७८ साउन २६ गते २०:५०

काठमाडौं । राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफरिस गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएका थिए । उक्त छानबिन समितिले चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई बर्खास्तदेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको हो ।

डिआइजी लामाको नेतृत्वमा गठन गरेको छानबिन समितिले युएन शाखाबाट नै उक्त प्रश्नपत्र चोरी भएको पुष्टि गरेको थियो । प्रि–स्याट परीक्षाको प्रश्नपत्र चोरी गरेको आरोपमा युएन शाखाका एक जना, साइबर ब्युरोका एकसहित ११ जनालाई छानबिन समितिले पक्राउ गरेको थियो ।

प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको एक प्रहरीले बताए ।

छानविन समितिका प्रमुख डिआईजी बसन्त लामाले प्रतिवेदन बुधबार विहान बुझाउने बताएका छन् । उनले मेरोन्युजसँग भने, ‘हामीले सबै तयार गरिसकेका थियौ, र आजै बुझाउने कुरो समेत गरेका थियौ तर आईजी सपले भोली विहानै सार्वजनिक गरौँ भन्नु भएको कारणले भोली ७देखि ८ बजे सम्म बुझाउछौ ।’

कारबाहीको प्रत्रियाहरु के कस्तो हुन्छ भन्ने मेरोन्युजको प्रश्नमा डिआईजी लामाले भने,‘सार्वजनिक हुनु अगावै भन्ने करा पनि भएन तर हामीले तपाईहरुले सोचेबमोजिम नै आचारसंहितामा रहेर कारबाहीको सिफारिस गरेका छौ ।’

युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि स्याट परीक्षाको प्रश्नपत्र दराजबाट चोरी भएको हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजी लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

शनिबार भएको प्रि—स्याट परीक्षाको प्रश्नपत्र बाहिरएको आशंका गरिएको थियो । त्यही आधारमा परीक्षा एक घण्टा ढिलो गरी सुरु भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया