एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्दै
मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे टुंगो लगाउँदै

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।
अविश्वासको प्रस्तावबारे छलफल गरेर दिशा तय गर्न आज बिहान संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।
एमाले संसदीय दलको बैठक बिहान ८ बजेपछि मुख्यमन्त्री निवासमा बस्ने उनले जानकारी दिए । आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको विशेष अधिवेशन डाकिएको छ ।
दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ । एमाले सांसद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेश सभाको विशेष अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।
शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको विपक्ष गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन् । अविश्वासको प्रस्ताव टेबुल भएमा मुख्यमन्त्री पोखरेल सरकारबाट बाहिरिने निश्चितप्राय छ ।
यसैबीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयको भनाइ छ ।
गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो ।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया