लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन
मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै
पोखरेलसामू राजीनामा दिने वा अविश्वासको सामना गर्ने दुई विकल्प

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्व दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजे सुरु हुँदै छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले यही साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले प्रदेश सभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा ३४ जना सांसदको हस्ताक्षर छ ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले गत वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विपक्षी गठवन्धन दलका सांसदले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेपनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरेका थिए । वैशाख २६ गते दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ र बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ ।
सत्तारुढ दल एमालेका ३८ सांसद छन् । विपक्षी दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।
विपक्षी दलका सांसद एकजुट हुँदा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने छ ।
यसअघि गण्डकी प्रदेशमा पनि प्रदेश सभाको बहुमत जुटाउन नसक्दा एमालेका पृथ्वी सुब्बा गुरुङ सत्ताबाट बाहिरिएका थिए । अहिले गठवन्धनको तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका छन् ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया