लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन
मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै
पोखरेलसामू राजीनामा दिने वा अविश्वासको सामना गर्ने दुई विकल्प

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्व दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजे सुरु हुँदै छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले यही साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले प्रदेश सभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा ३४ जना सांसदको हस्ताक्षर छ ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले गत वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विपक्षी गठवन्धन दलका सांसदले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेपनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरेका थिए । वैशाख २६ गते दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ र बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ ।
सत्तारुढ दल एमालेका ३८ सांसद छन् । विपक्षी दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।
विपक्षी दलका सांसद एकजुट हुँदा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने छ ।
यसअघि गण्डकी प्रदेशमा पनि प्रदेश सभाको बहुमत जुटाउन नसक्दा एमालेका पृथ्वी सुब्बा गुरुङ सत्ताबाट बाहिरिएका थिए । अहिले गठवन्धनको तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका छन् ।










ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया