मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

सिन्धुपाल्चोक । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ ।
कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए ।
गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।
मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडौं रुपैयाँको क्षति भएको बताइएको छ । रासस











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया