प्रहरीको ‘फ्यापु’ अभियान
कपिलवस्तुमा एकै दिन ८१ फरार अभियुक्त पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्रै विभिन्न अपराधमा संलग्न ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्लामा विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो ।
कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि ‘फ्यापु’ नामक अभियान चलाएपछि फरार अभियुक्त धमाधम पक्राउ गर्न शुरु गरिए अनुसार पछिल्लो २४ घण्टामा ८१ जना फरार अभियुक्त पक्राउ गर्न सफल भइएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
पक्राउ गरिएका फरार प्रतिवादीलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डिएसपी भण्डारीले बताए ।









नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
नेपाल–भारत सीमा नाकामा आउजाउ सुरु
प्रतिक्रिया