प्रहरीको ‘फ्यापु’ अभियान
कपिलवस्तुमा एकै दिन ८१ फरार अभियुक्त पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्रै विभिन्न अपराधमा संलग्न ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्लामा विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो ।
कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि ‘फ्यापु’ नामक अभियान चलाएपछि फरार अभियुक्त धमाधम पक्राउ गर्न शुरु गरिए अनुसार पछिल्लो २४ घण्टामा ८१ जना फरार अभियुक्त पक्राउ गर्न सफल भइएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
पक्राउ गरिएका फरार प्रतिवादीलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डिएसपी भण्डारीले बताए ।
















जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया