मेरो राजनीतिक जीवन समाप्त पार्ने संविधानको त्रुटि सच्याउनु पर्छ : विजय गच्छदार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै आफ्नै पार्टीले सच्याउनु पर्ने बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँधेको आरोप लगाए । उनले आफूमाथि अख्तियारले दुश्मनी साँध्नु अन्तत संविधानमा त्रुटी हुनु उल्लेख गर्दै सच्याउनु पर्ने बताए ।
बुधबार विश्व आदिवासी दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गर्यो ।’
‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धि मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो,’ उनले भने, ‘मलाई थाहा थिएन, सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो, मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो, यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली काँग्रेसले गर्नु पर्छ, आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’
उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहो¥याएका थिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया