सभामुख सापकोटाले भने- एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्छ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुने बताएका छन् । बुधबार सभामुख सापकोटाले सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे आफ्नो धारणा राखेका हुन् ।
एमसीसीबारे जनमानसमा गहिरो सन्देश गइसकेको भन्दै उनले जनतालाई बुझाएर मात्र राष्ट्रिय सहमति गर्नुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस् । मंगलबार पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’
पत्रकारहरूको एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रश्नमा उनले भने, ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ । असिमित अधिकार भए पनि त्यसको सिमित प्रयोग गर्नुपर्छ । राष्ट्रिय सहमति भइदिए आनन्द आउने कुरा हो ।’
राष्ट्रिय सहमति नभए पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीचमा सहमति हुनु पर्ने भन्दै उनले यदि त्यसो हुन नसके पनि गठबन्धनमा सहमति हुनु पर्ने बताए ।










प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया