बिहीबार, फागुन २१, २०८२

सभामुख सापकोटाले भने- एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्छ

मेरोन्यूज २०७८ साउन २७ गते १६:४४

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुने बताएका छन् । बुधबार सभामुख सापकोटाले सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे आफ्नो धारणा राखेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमसीसीबारे जनमानसमा गहिरो सन्देश गइसकेको भन्दै उनले जनतालाई बुझाएर मात्र राष्ट्रिय सहमति गर्नुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्‍मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस् । मंगलबार पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’

पत्रकारहरूको एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रश्नमा उनले भने, ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ । असिमित अधिकार भए पनि त्यसको सिमित प्रयोग गर्नुपर्छ । राष्ट्रिय सहमति भइदिए आनन्द आउने कुरा हो ।’

राष्ट्रिय सहमति नभए पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीचमा सहमति हुनु पर्ने भन्दै उनले यदि त्यसो हुन नसके पनि गठबन्धनमा सहमति हुनु पर्ने बताए ।

प्रतिक्रिया