त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत परीक्षा दिने करिब ६० हजार विद्यार्थीलाई खोप दिइने जानकारी दिए ।
उनका अनुसार जिल्लामा जुन खोप उपलब्ध छ, त्यही खोप दिइने छ । सकेसम्म काठमाडाैं उपत्यकाको हकमा भोलीबाट नै लागु हुने गरी
प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप केन्द्रको व्यवस्था गरेर खाेप दिने तयारी रहेकाे डा. गौतमले जानकारी दिए ।
सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। त्यसपछि त्रिवि अन्तर्गत भौतिक रुपमै उपस्थित भई सञ्चालन भइरहेका परीक्षा पनि स्थगित गर्नुपर्ने माग भइरहेको छ।
परीक्षा केन्द्रबाटै कोरोना सर्न सक्ने जोखिम रहेको बताउँदै विद्यार्थीले विरोध गरेपछि सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनका नेताहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराउँदै तत्काल खोप लगाउन माग गरेका थिए।











एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया