आइतबार, माघ १३, २०८१

दुई वर्ष अगाडी भागी विवाह गरेका रामले किन गरे गर्भवती श्रीमतीको हत्या ?

रिसलाई नियन्त्रण गर्न नसक्दा हत्याका घटना बढे : मनो चिकित्सक

दया दुदराज २०७८ साउन २७ गते १८:५९

काठमाडौं । बुधबार विहान नेपाल प्रहरीको कन्ट्रोल रुमको १०० मा फोनको घण्टी बज्योे । उक्त फोनबाट अवाज आयो,– ‘सर, मेरो नाम राम श्रेष्ठ हो । म गौशालाबाट बोल्दै छु । मैले श्रीमतीलाई मारेँ । मलाई लिन आउनुपर्‍यो ।’  

Advertisement

फोनको आवाजले प्रहरीलाई एकैछिन् अलमल्ल पार्यो । फोनबाट विवरण लिदैँ प्रहरीले घटना भएको स्थानबारे बुझे र खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक सहितको टोली काठमाडौं महानगरपालिका बडा नम्बर ८ स्थित गुहेश्वरीको एउटा घरमा पुग्यो ।

कोठाभित्र चुकुल लगाएर बसिरहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठले प्रहरी आएको थाहा पाउने वित्तिकै चुकुल खोले । कोठाको चुकल खोलेपछि प्रहरीले ओछ्यानमा एउटा महिलाको मृत शरिर देख्यो । उक्त मृत शरिर थियो – राम श्रेष्ठकै श्रीमती उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नम्बर ४ माईत भएकी २३ वर्षीया रन्जु तामाङको ।

किन गरीयो गर्भवती श्रीमतीको हत्या ?

राम श्रेष्ठ मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ४ का हुन् भने रन्जु तामाङ उदयपुर वेलका नगरपालिका ४ की । २ वर्ष अगाडि उनीहरुले भागी विवाह गरेका थिए । त्यसपछि उनीहरु गुह्ेयश्वरीस्थित वागमती प्लान्ट नजिकै फ्ल्याट डेरा लिएर बस्दै आएका थिए ।

प्रहरीले आफ्नै श्रीमतीको हत्या राम श्रेष्ठले किन गरे, त्यसपछि उनी आफैले श्रीमति मारेको भन्दै किन आफै फोन गरेर प्रहरीलाई खबर दिए ? भन्ने बारेमा अनुसन्धान शुरु ग¥यो ।

अनुसन्धानका क्रममा रन्जु गर्भवती अवस्थामा रहेको प्रहरीले पत्ता लगायो । आफैले हत्या गरेको सकारेका रामलाई प्रहरीले पक्राउ गर्न कुनै कसरथ त गर्नुपरेन । लगत्तै उनलाई नियन्त्रण लिईसकेको थियो ।

श्रीमतिको हत्यापछि रामले आफ्नो हात काटेका थिए । प्रहरीले उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराएको छ । पक्राउ परेका रामले घाँटी र मुख थिचेर रन्जुको हत्या गरेको स्वीकारेका छन् ।

घटना आजै विहान (वुधबार) साढे ७ बजेको हो । श्रीमान श्रीमतिबीचमा विवाद भईरहदा एक्काशी घटना भएको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘उनीहरुवीच पहिले देखि नै बेला बेला सामान्य विवाद हुँदै आएको स्थानियबाट बुझेका छौं, घटनाको दिन विहान समेत उनिहरुबिच विवाद भएको रहेछ । त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेको बुझियो ।’

रामले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो । रामले प्रहरीको वयानमा भनेका छन् ‘हाम्रो केही दिनदेखि विवाद भएको थियो । विवादकै क्रममा श्रीमतीले तिमी आजदेखि मेरो लागि म¥यौ भनेर चुरा फुटाइन्, त्यही कुरामा आज बिहान पनि विवाद भयो । अनि हत्या गरेँ ।’

प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ ।

विवादका कारण श्रीमतीको हत्या

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने घटना यो पहिलो भने पक्कै होईन । यो एउटा नमुना घटना हो । यस्ता घटनाहरु बेलाबेला देखिँदै आएको छ । गत साउन १८ गते समेत धादिङ जिल्लामा यस्तै घटना घटेको थियो । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेको थिए ।

बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका थिए ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका थिए ।

उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेका थिए । सामान्य विवादमा पनि किन हत्यासम्म मानिसहरु पुग्छन् ? अहिले यो प्रश्न उठ्न थालेको छ ।

विषेशतः श्रीमान श्रीमतीबिच भएको विवादका सामान्य घटनामा पनि किन हत्या सम्मको हिस्रक रुप लिईरहेको छ ? सबैको जिज्ञासाको विषय बनेको छ ।

आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्दा हत्याका घटना बढे : मनो चिकित्सक

पछिल्लो समय देखिएका प्रायः हत्याका घटनाहरुलाई नियाल्दा, व्यक्तिगत रिसिईवीका र आफ्नो आत्मसम्मानलाई ठेस पुग्नाले हत्या जस्तो हिंस्रक रुपमा मानिसहरु पुग्न थालेको मनोचिकित्सक प्रज्ञा श्रेष्ठले मेरोन्युजसँग बताईन् ।

श्रेष्ठले उदाहारण नै प्रस्तुतु गदै मेरोन्युजसँग भनिन् ‘ पछिल्लो हत्याका घटनाहरुलाई राम्ररी हेर्नुस्, जस्तै उदाहरणका लागि भागरथी हत्या प्रकरण लाई हेर्नुस्, उनको हत्या प्रकरणमा अभियुक्त मानिएका दिनेश भट्टले रिसिईवीका कारण हत्या गरेको आफ्नो वयानमा बताएका थिए, त्यस्तै केही समय अगाडि टिकापुरमा साढे ३ वर्षीय बालकलाई पारिवारीक रिसिईवीका कारण आफ्नै दिदिले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ यस्ता केही प्रमुख घटनाहरुलाई हेर्दा यो सबै आफ्नो रिस र रागलाई नियन्त्रण गर्न नसक्दा घटेका घटनाहरु हुन् ।’

उनले भनिन्, ‘आफ्नो रिसलाई बसमा राख्न नसकेको कारणले गर्दा हत्याका घटनाहरु बढेको छ । व्यक्तिगत रिस राग र ईष्र्याका कारणले द्धन्द्ध हुन्छ उक्त द्धन्द्धमा आफु भित्रको रिसलाई लुकाउन वा बसमा राख्न नसक्दा यस्ता हत्याका घटनाहरु उच्चविन्दुमा पुगेको छ । मानवताभित्रको रिस गतल ठाउँमा पोखिन पुग्दा हत्या हुन पुग्छ । कतिपय हत्याहरु योजनावद्ध हुन्छन् भने कतिपय हत्याहरु नसोचेको तवरले भैदिन्छ जसको प्रमख कारण रिसलाई सम्हाल्न नसक्नु हो ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया