उपराष्ट्रपति कार्यालयको अधिकृत बनेर ठगी गर्ने कुशल पक्राउ
मेरोन्यूज
२०७८ साउन २७ गते १८:५०

काठमाडौं । आफुलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृतको परिचय दिदैँ ठगी गर्दै हिंडने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो ।
उनलाई यस अघि पनि २६ चैत्र २०७५ मा प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा महाशाखाले नै कारबाही गरेको थियो । सो मुद्दामा उनी १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरेर बाहिर निस्किएको खुलेको छ ।
महाशाखाको अनुसन्धानमा उनले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको खुलेको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया