नामिबियाद्वारा ५७ हात्ती बिक्री

विन्डहोक । नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ ।
खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए ।
उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो ।
“बिक्रीका लागि राखिएका हात्तीमध्ये १५ वटा नामिबियाभित्र नै बिक्री भएको छ भने अरू ४२ वटा निर्यात गरिने भएको छ,” मुयुन्डाले भने ।
बिक्री गरिएका हात्ती समात्ने काम भने यही महिनादेखि सुरु हुने र त्यसपछि मात्रै सम्बन्धित क्रेतालाई हस्तान्तरण गरिने प्रवक्ता मुयुन्डाले जानकारी दिए ।
हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।
हात्तीले मानव जीवनमा नकारात्मक असर पारेको, मानवीय क्षति गरेको लगायतका कारणले हात्ती नियन्त्रण गर्नुपर्ने आवाज उठेको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया