ल्याब मेसिन बिग्रिएपछि सप्तरीमा एघार दिनदेखि पिसिआर परीक्षण बन्द

राजविराज । सप्तरीकाे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण एघार दिनदेखि बन्द भएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिंदा सर्वसाधारण समस्यामा परेका छन् ।
अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए ।
एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए ।
उनले भने, “प्रदेश २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएको र त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ ।”
मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिए ।
दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा पिसिआर मेसिन बिग्रिंदा जिल्लामा कोरोनाको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको छ ।
यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो । प्राविधिक ल्याएर मर्मत गराएर सञ्चालन गरिएको भएपनि केही दिन चलेर अहिले फेरि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो ।









एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया