आइतबार, माघ ६, २०८१

देउवा पक्षीय जिल्ला सभापतिहरुकाे निष्कर्ष : पौडेल पक्षले महाधिवेशन भाँड्न लागे

मेरोन्यूज २०७८ साउन २८ गते १६:११


काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।

Advertisement

बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बबताए ।


उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए । उनले भने “१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौं, किनभने १४ औँ महाविधवेशनको समय सिद्धन लाग्यो, हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशिल विवाद सकियो भने, हामीसँग अझै समय छ, छिटो भन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो ।”
बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताए । उनले भने “अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ विधिसम्मत, बारा र सप्तरीको क्रियाशीलका फाइलहरु खोलिएको छैन, त्यसलाई विधिसम्मत रुपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्छ ।”

विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्ने उनको माग छ ।

सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताए । उनले जिल्लाका केही वडाहरुले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राखे ।

उनले भने, “देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको कांग्रेसले देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको छ, सप्तरी र बारा जस्तो जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ, सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौँ ।”

दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४ आँै अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गर्नुपर्ने बताए । बारा र सप्तरी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाए । महाधिवेश टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेका उनले बताए ।

उनले भने “यो अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्छ भन्ने ध्येयका साथ हामी छलफलमा छौँ, यही सुझावसहित केही बुँदाहरु पनि सार्वजनिक गरेका छौँ, अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ, यो भ्रममा रहनुहुँदैन, क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको छ, उनीहरुले त्यसलाई बेवास्ता गरेको जस्तो हामीले बुझेका छौँ, बेवास्ताको पछाडि अधिवेशन अल्मिलियोस्, अधिवेशन गर्ने भनेर प्रेशर दिने तर क्रियाशीलले अधिवेशन भन्दा अघिका काम रोकिराख्ने प्रपञ्चको अन्त्य होस् ।”

ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताए । उनले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको बताए । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनोसो छ ।

उनले भने, “क्रियाशील सदस्यहरुको विवाद छैन, विवाद भएको भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानबिन समिति बनेको छ, यसले सर्वपक्षीय रुपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु भनेको अधिवेशनलाई धकेल्ने काम मात्रै हो ।”

प्रतिक्रिया