लुटपाटको आरोपमा दुई पक्राउ

सिन्धुपाल्चोक । नौ लाख ८९ हजार लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।
तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।
नक्कली पेस्तोलसमेत देखाइ कुटपिट गरी नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताए । अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।









‘पानी बोकेरै जवानी गयो, अहिले आनन्द छ’
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया