आफ्नै नेता तथा कार्यकर्ताबाट कांग्रेस कार्यालय घेराबन्दी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेकाले सानेपास्थित पार्टी कार्यालय एक महिनायता घेराबन्दीमा परेको हो ।
३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानविन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनीसमेत दिएका छन् ।
उता, ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधानविपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधानविपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन ।
उता, कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यत वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभई धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पारे । उनले पार्टीको जारी केन्द्रीय कार्य समितिले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा समेत व्यक्त गरेका छन् ।
कांग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशनसमेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौं १६–१९ काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया