साँघु तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता
मेरोन्यूज
२०७८ साउन २९ गते १४:३५
हुम्ला । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका २ थाली र बाजुराको कवाडी सीमा क्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका हुन् । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी संकलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए ।
हराएका खोजी कार्य जारी रहेको उनले बताए । जडीबुटी संकलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ । हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी संकलन गर्न पाटनतिर जाने गर्दछन्
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया