कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका हुन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै उनीहरुले राजिनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । तर, आमन्त्रित केन्द्रीय सदस्यहरुले तलबाट नै निर्वाचित भएर आउनु पर्ने व्यवस्था रहेको छ ।
उनीहरुले क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै राजीनामा गरेका हुन् । विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले राजीनामा गरेका उनीहरुले बताएका छन् । सभापति शेरबहादुर देउवालाई २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र बुझाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति देउवा निवास बुढानिकलण्ठमा जारी छ ।
सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरु :
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह










भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया