सोमबार, चैत १६, २०८२

आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८२ चैत १६ गते ६:१५

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२६ मार्च ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। अवसरको खोजीमा दौडधूप गर्नुपर्ला। कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष :पहिला सम्पादन गरेको शुभ कर्मको चर्चा हुनेछ। कार्यक्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। लगनशीलताले सोचेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मिथुन :बोलिको प्रभावले कार्य सिध्द हुनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट : उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कामको सन्दर्भमा विशेष व्यक्तिसँग भेटघाटका योग छन्। समस्या परेको बेला शुभचिन्तकहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह : राजनीतिक प्रभावले महत्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयतामा कमी आउन सक्छ। खर्चमा नियन्त्रण राख्नुहोस् साथै नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कन्या :कार्यक्षेत्रमा सफलता मिल्नेछ। सैद्धान्तिक विषयमा पक्ष मजबुत रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला :नोकरी वा पेशामा प्रभाव बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहले महत्त्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछ। ठेकापट्टा वा कृषिको क्षेत्रबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक :विद्यार्थीहरूलाई परीक्षामा सोचेभन्दा राम्रो परिणाम मिल्नेछ। चलिरहेको पुरानो विवाद सुल्झिनेछ। मनोरञ्जन र भौतिक सुख सुविधामा वृद्धि हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

धनु :विरोधीहरूले उल्झ्याउने प्रयास गर्नेछन् सावधान रहनुहोला। कार्यक्षेत्रमा व्यस्तता बढ्नाले आफन्तहरूलाई समय दिन नसकिएला। अरूले सरल स्वभावको फाइदा उठाउलान्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर :व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सामाजिक गतिविधिमा धन खर्च हुनेछ। अरुको विवादमा नपरी आफ्नो कामलाई सत्य निष्ठाको साथमा निभाउने प्रयास गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ :विवादास्पद मामलाहरू सुल्झिनेछन्। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। सहकारी वा वित्तीय मामलाहरूमा शुभ समाचार मिल्नेछ। स्वास्थमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन :आर्थिक पक्ष सबल रहनुका साथै विद्यार्थीहरूलाई अध्ययन अध्यापनको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ। सन्तान पक्षबाट सुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया