इन्सपेक्टर वाग्ले मृत्यु प्रकरणः गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
मेरोन्यूज
२०७८ साउन २९ गते २१:३८

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्सपेक्टर) कपिल वाग्लेको दुर्घटनामा गृह मन्त्रालयले छानवबन समिति गठन गरेको छ । सोमबार (२५ साउन) साँझ ८ बजेतिर मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरिक्षक वाग्लेको उपचारका क्रममा राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।
सोही घटनाको विषयमा छानवबन गर्न गृहमन्त्रालयले सहसचिव सुनील खनालको नेतृत्वमा छानवबन समिति गठन गरेको हो । छानवबन समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
पैदल हिंडिरहेको अवस्थामा उनलाई नवलपरासीको बर्दघाटमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए।

सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया