राक्सीराङका १६४ घर खरको छानामुुक्त

हेटौंडा । मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् ।
३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो ।
त्यस्तै प्रदेश सरकारकातर्फबाट २५ लाख र स्थानीय सरकारका तर्फबाट २५ लाख गरी कूल ५० लाखमार्फत १२५ घरधुरीलाई ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया