राक्सीराङका १६४ घर खरको छानामुुक्त

हेटौंडा । मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् ।
३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो ।
त्यस्तै प्रदेश सरकारकातर्फबाट २५ लाख र स्थानीय सरकारका तर्फबाट २५ लाख गरी कूल ५० लाखमार्फत १२५ घरधुरीलाई ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया