पाँच केजी यार्सागुम्बासहित एक जना पक्राउ

हुम्ला । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए ।
हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ । “
डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको तीन केजी यार्सा भेटिएपछि बरामद गरिएको हो”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरेका हौं ।”
बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको हुम्ला प्रहरीले जनाएको छ ।











राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया