आइतबार, माघ ६, २०८१

नाटक खेल्दा अमेरिकाले पत्याइदियो !

मेरोन्यूज २०७८ साउन ३० गते १३:०९

काठमाडौँ । सर्लाहीका राजन उप्रेती पढाईको सिलसिलामा २०५५ सालमा काठमाडौं आए । पढाईसँगै रंगमञ्चमा आफूलाई सक्रिय बनाउन थाले ।

Advertisement

रंगमञ्चको क्षेत्रमा आफूलाई अब्बल बनाउन राष्ट्रिय नाचघरमा तालिम लिए । पछिल्लो समय उनले दक्षिण एसियाका धेरै राष्ट्रहरूको रंगमञ्चमा आफ्नो कला प्रदर्शन गर्दै आएका छन् ।

रंगमञ्चमा नै उच्च शिक्षा गर्न एक्टर स्टुडियोबाट छात्रवृत्ति पाएसँगै राजन अमेरिका पुगे । अमेरिकामा पुगेर आफ्नो कलालाई थप निखारेका उनी नेपाल र अमेरिकामा नाटक प्रर्दशन गर्दै आएका छन् ।

सानै उमेरदेखि अभिनयमा रुची राख्ने उनी २०५५/५६ सालतिर अभिनयमा करिअर बनाउने अठोट गरे । उनी भन्छन्, ‘सानैदेखि अभियन गर्न थालेको थिएँ, आफूलाई थाहा भएपछि त नटकका साथीहरूसँग भेट्न थालेँ ।’

दुई दशकभन्दा लामो समय भयो नाटकमा लागेको, उनी । ‘यति लामो समय नाटकमा मात्रै हुन्छु होला भन्ने सोचेको थिइनँ, अभिनयमा आफूलाई रमाइलो हुने भएकाले समय बितेको पत्तो भएन,’ उनी थप्छन्, ‘जतिसुकै पीडा होस्, मेरो रुची यसैमा भएकाले पेशाप्रति न्याय दिन सकेको छु, सन्तुष्टि भएको छु ।’

यस क्षेत्रमा राम्रो नराम्रोभन्दा पनि मनदेखि रमाउन सक्छु भन्ने लागेको थियो । ‘नाटकमा अभिनय गर्दा धेरै किसिमका जीवनबारे थाहा हुन्छ, पात्रहरूसँग घुलमिल भइन्छ, हरेक संवेदना, दुःखलाई नजिकबाट नियाल्न सकिने उनको बुझाई छ ।

उनी भन्छन्, ‘नाटकमा नराम्रो भन्ने अनुभव गरेको छैन, राम्रो छ, खुसी छु ।’

नाटकले जुराएको यात्रा

नाटकले गर्दा आज नाट्यकर्मी राजन अमेरिकामा पुगेका छन् । आफ्नो रुचीलाई मूर्त रुप दिएका उनले अमेरिकाको राम्रो विश्व विद्यालयमा नाटक पढ्ने सोच बनाए । यसै क्रममा उनले अमेरिकाको एक्टर स्टुडियोबाट छात्रवृत्ति पाए । नाटकको विषयमा अध्ययन गर्न अमेरिका उडे । अहिले उनी अमेरिकामा पढाईसँगै अभिनय गर्दै आएका छन् ।

राम्रो विश्व विद्यालयमा पढेका उनले विभिन्न देशमा निर्देशक, अभिनेतासँग भेट्न पाएका छन् । नयाँ संस्कृती, सोच र प्रभावले थप नयाँ काम गर्न प्रेरित भएका छन् ।

मन पर्ने रंगकर्मी

उनलाई मन पर्ने नाट्यकर्मी धेरै छन् । तर, उनलाई सौगात मल्ल, दयाहाङ राई, मोहम्मद नाजिर हुसेनजस्ता कलाकर्मी बढी मन पर्छन् । अमेरिकाका रंगकर्मीहरू ग्रोहाइन र एमिली उनका मन पर्ने कलाकार हुन् ।

मन पर्ने नाटक निर्देशक

उनलाई मन पर्ने नाटक निर्देशकहरूमा अनुप बराल, सुनिल पोखरेल र राजन खतिवडा रहेका छन् । उनीहरू निर्देशकसँगै कलाकारसमेत हुन्

रंगमञ्चमाथि कोरोना

कोरोना महामारीले निम्त्याएको चुनौतीबीच विश्वका रंगकर्मीले भर्चुअल माध्यमबाट दर्शकमाझ पुग्ने जमर्को गरिरहेका छन् । तर, भर्चुअल रंगमञ्चले ठेस पुर्याउने उनी बताउँछन् ।

लकडाउमा सबै साथीहरु छलफल गरेर भर्चुअल माध्यमबाट केही गर्ने प्रयास गरेको उनले सुनाए । कोरोना कहरले सुनसान रंगमञ्चमा नाटकले चहलपहल बढाउने नसकिएको उनीको अनुभव रहेको छ ।

कोरोनाले संसारमा असर गरेको छ । सबै क्षेत्रमा जस्तै नाटकमा ठूलो मार पारेको छ । प्रदर्शन स्टेजमा हुने, प्रत्यक्ष दर्शकको दीर्घामा उपस्थित भएर गरिने नाटक अहिले अनलाइनमार्फत प्रदर्शन गर्दा गाह्रो हुँदै आएको छ । रंककर्ममा कोरोनाले विश्वभर धुमिल बनाएकाले असर परेको उनले बताए ।

यस्तै, उनले नाटकमा आउने फरकपनले यो क्षेत्रमा ह्रास आउँछ की भन्ने शंका रहेको बताए ।

(मेरो न्युजकर्मी किरण अधिकारीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया