काभ्रेमा प्रशासन र मालपोतद्वारा बारअनुसार सेवा प्रवाह

काभ्रेपलाञ्चोक । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् ।
प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आजदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा तोकिएको जनाएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार सवा प्रवाह हुने जनाइएको छ ।
गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि बारअनुसारनै सेवा प्रवाह गर्ने जनाएको हो । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै कार्यालयले स्थानीय तहका नागरिकलाई बारअनुसार सेवा उपलब्ध गराउन थालेको हो ।
कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो ।
गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया