कांग्रेस महाधिवेशन
महाधिवेशनको वैधताका लागि के अब कांग्रेसले जरिवाना तिर्नु पर्छ ?
संविधानविद् भन्छन्, कानुनले पदाधिकारी नियुक्त र महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्छ, प्रक्रिया सुरु गरेर हुँदैन

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष छ महिना अगावै १४ औं महाधिवेशनको अधिवेशन प्रक्रिया सुरु गरेकाले वैधानिकता नहट्ने बताएको छ । शनिबारमात्रै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको मिति आगामी मैसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।
त्यसपछि धेरैले कांग्रेसको वैधानिकता कसरी बच्यो भन्ने प्रश्न गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा उल्लेखित पाँच वर्ष छ महिना भित्रै वडा अधिवेशनको मिति तय गरिएकाले वैधानिकता नजाने बताउँछन् । ‘हामीले निर्वाचन आयोगका साथीहरूसँगको पनि सल्लाहमा पाँच वर्ष छ महिना अगावै वडा अधिवेशन गर्ने मिति तय गरेका छौं । यसले कांग्रेसले महाधिवेशन गर्न खोज्या छ भन्ने देखाएको छ । प्रक्रिया सुरु भएपछि त काम हुँदैछ भन्ने भइहाल्छ नि,’ नेता पौडेलले संक्षिप्त प्रतिक्रिया दिए ।

‘हामीले निर्वाचन आयोगका साथीहरूसँगको सल्लाहमा पाँच वर्ष छ महिना अगावै वडा अधिवेशन गर्ने मिति तय गरेका छौं । प्रक्रिया सुरु भएपछि त काम हुँदैछ भन्ने भइहाल्छ ।’
कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएपछिको पाँच वर्ष छ महिना आगामी भदौ २३ गते पुग्दैछ । कांग्रेसले विधानबमोजिम चार वर्षमा महाधिवेशन गर्न नसकेपछि एक वर्ष थपेको अनि त्यसपछि पनि नसकेर संविधानको सहारामा अर्को छ महिना अवधि बढाएको थियो । त्यो समय आगामी भदौ २३ गते सकिन्छ । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २३ मा सम्पन्न भएको थियो ।
संविधानको धारा २६९ को उपधारा ४ मा दल दर्ताका निम्ति निवेदन दिँदा दलले पूरा गर्नु पर्ने सर्तबारे लेखिएको छ । जसमा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ’ भन्ने उल्लेख छ । त्यही धारामै ‘विशेष परिस्थिति उत्पन्न भई पाँच वर्ष भित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भनेर लेखिएको छ ।
यसअघि तोकिएको भदौ १६ देखि १९ सम्म महाधिवेशनको मितिमा क्रियाशील सदस्यताको विवादका कारण सम्पन्न हुन नसक्ने अवस्था आएपछि मिति सारिएको हो ।
यो पनि पढ्नुहोस् – कांग्रेस महाधिवेशन : निर्वाचन आयोगमा मंसिर ३० मा दर्ता भएकाले असर नगर्ने
यता संविधानविद् डा भिमार्जुन आचार्यले भने महाधिवेशनको प्रक्रिया सुरु गरे भनेर जरिवाना नतिरी नहुने बताउँछन् । कानुनले पदाधिकारी नियुक्ति गर्ने र महाधिवेशन सम्पन्न गर्नु पर्ने काम पूरा गर्नुपर्छ भनेकाले त्यो समयभित्र त्यो काम पूरा गर्नुपर्ने उनको भनाइ छ । ‘कानुनले वडा अधिवेशन सुरु ग¥यो भन्दैन । कानुनले पदाधिकारी नियुक्ति गर्ने काम र महाधिवेशन सम्पन्न गर्नु पर्ने काम पूरा गर्नुपर्छ भन्छ । यो आयोगले जान्ने कुरा हो, कानुनमा प्रष्ट छ,’ संविधानविद् डा आचार्यले भने ।

‘कानुनले वडा अधिवेशन सुरु भयो भन्दैन । पदाधिकारी नियुक्ति गर्ने र महाधिवेशन सम्पन्न गर्नु पर्ने काम पूरा गर्नुपर्छ । कानुनमा प्रष्ट छ,अब कांग्रेसले ५० हजार तिर्नै पर्ने हुन्छ ।’
– डा भिमार्जुन आचार्य, संविधानविद्
उनले अहिले कांग्रेसले महाधिवेशनको मिति तोकेको समय भनेको सुधारको समय भएकाले दण्डसहित महाधिवेशन सम्पन्न गर्नुपर्ने कानुनमा व्यवस्था रहेको बताउँछन् । उनी भन्छन्, ‘अधिवेशन गर्न संविधान र कानुनले दललाई पाँच वर्ष समय दिएका छन् । विषेश परिस्थितिमा छ महिना थप्ने हो । त्यो पनि थप्ने भन्ने होइन, विषेश परिस्थिति भयो भने विधानमा लेखेर आयोगलाई जानकारी गराएर गर्नुपर्छ । त्यो छ महिनामा पनि सम्पन्न भएन भने अर्को छ महिनाका लागि भने सुधारको समय हो, त्यसमा दण्डसहित गर्नुपर्छ ।’
उनका अनुसार अब कांग्रेसले ५० हजार तिर्नै पर्ने बताउँछन् ।
तर कांग्रेसका एक थरी मानिसहरुले कांग्रेस २०७३ मंसिर ३० मा निर्वाचन आयोगमा दर्ता भएकाले महाधिवेशनको नयाँ तालिकाले असर नगर्ने बताएका छन् ।
केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार कांग्रेस २०७३ मंसिर ३० मा निर्वाचन आयोगमा दर्ता भएकाले महाधिवेशनको नयाँ तालिकाले असर नगर्ने बताउँछन् । गुरुङले भने, “नेपाली कांग्रेसको पाँच वर्ष मंसिर ३० मात्र पुग्छ । त्यसैले नयाँ कार्यतालिकाले केही असर गदैन ।’










नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया