अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)ले सरकारसँग माग गरेको छ ।
राप्रपाका त्रय अध्यक्षहरुको संयुक्त वक्तव्य मार्फत अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गरेको हो ।
तालिवान विद्रोहको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको र यस अवस्थामा त्याहाँ भएका नेपालीहरुको सुरक्षाबारे आफ्नो पार्टि चिन्तित रहेको भन्दै राप्रपाले सरकार समक्ष छिटो भन्दा छिटो उद्धारको माग गरेको छ ।

अफगानिस्तानमा हाल तालिवानको दबदबाह बढ्दै गएको छ र तालिवानले देशका अधिकांस प्रान्तहरुमा कब्जा गर्दै गएको छ भने आज काबुलमा समेत कब्जा गर्ने तयारीमा रहेको बुझिएको छ ।
वक्तव्य मार्फत राप्रपाले ब्रिटिश गोर्खाका भूपुसैनिकहरुको जायज मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति नेपाल सरकारको ध्यान आकर्षिण समेत गराएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया