भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधन गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले बेलायतमा लामो समय आन्दोलन गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुबारे सरकारको ध्यानाकर्षण गराएको छ । बेलायती सहकर्मी सरह पेन्सनलगायत सुविधा दिनु पर्ने माग राख्दै भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गर्दै आएका छन् ।
‘बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःख, कष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नु भएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसंग स्मरणीय छ ।’
यस्तो परिस्थितिमा नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर समस्याको समाधान गर्नु पर्ने एमालेले माग राखेको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया