महाधिवेशनको मिति तोकिएसँग पौडेल पक्षको बैठक बोहोराटारमा जारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् । आइतबार दिउँसो ३ बजेदेखि पौडेल निवासमा बैठक जारी छ ।
महाधिवेशनको मिति तय भएपछि अब कसरी अगाडी जाने लगाय विषयमा छलफल गर्न बरिष्ठ नेता पौडेलले बैठक बोलाएका एक नेताले जानकारी दिए । ति नेताका अनुसार आजको बैठकमा सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा पनि छलफल हुनेछ ।
शनिवार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटी बैठकपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । शुक्रबारको बैठकमा मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइप्रति केन्द्रीय समिति बैठकमा पनि केन्द्रिय सदस्यहरुले प्रश्न गरेका थिए ।
उक्त बैठकमा प्रकाशमान सिंह, शंशाक कोइराला, रामशरण महत लगाएका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।
प्रतिक्रिया