अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन सुरु गरेको जनाएको छ ।
मन्त्रालयका हनुसार अफगानिस्तानमा रहेका नेपालीहरुले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा आफ्नो नामसहितको विवरण उल्लेख गर्नुपर्ने छ । परराष्ट्र मन्त्रालयले उद्धारका लागि ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।
अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरेको छ ।
अफगानिस्तानको पछिल्लो अवस्थाकाबारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ । यस्तै मन्त्रालयले म्यानपावर कम्पनीहरुसँग अफगानिस्तानमा कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया