शनिबार, माघ १२, २०८१

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयको आग्रह

मेरोन्यूज २०७८ साउन ३१ गते १९:४९

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन सुरु गरेको जनाएको छ ।

Advertisement

मन्त्रालयका हनुसार अफगानिस्तानमा रहेका नेपालीहरुले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा आफ्नो नामसहितको विवरण उल्लेख गर्नुपर्ने छ । परराष्ट्र मन्त्रालयले उद्धारका लागि ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७-९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।

अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरेको छ ।

अफगानिस्तानको पछिल्लो अवस्थाकाबारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ । यस्तै मन्त्रालयले म्यानपावर कम्पनीहरुसँग अफगानिस्तानमा कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

प्रतिक्रिया