अफगानिस्तानका राष्ट्रपति घानीको प्रतिक्रिया : रक्तपात रोक्न देश छाडेको हुँ

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तान छाडेपछि राष्ट्रपति घानीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रगतको खोला बग्नबाट बचाउँन पनि मैले देश छाडेको प्रतिक्रिया दिएका हुन् ।
। आफू अफगानिस्तानमै रहेको भए तालिबान काबुल प्रवेश गरेपछि झडप हुन सक्ने र त्यसले लाखौँको ज्यान खतरामा पर्न सक्ने समेत उनले उल्लेख गरेका छन् । उनले काबुलमा झडप भएको भए करिब ६० लाख जनसङ्ख्या रहेको सहरमा आतंक सिर्जना हुन सक्ने पनि जनाएका छन् ।
“देश छाड्ने कार्यलाई उनले कठिन निर्णय भनेका छन्,” फेसबुकमा उनले लेखेका छन् “म राष्ट्रपति भवनमा जान चाहने तालिबानका अगाडि खडा हुनुपर्थ्यो या आफ्नो प्यारो मुलुक छाड्नु पर्थ्यो । ”
अब अफगानिस्तानमा जनधनको रक्षा तालिबानको जिम्मेबारी उनको भनाइ छ । “आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ” उनले फेसबुकमा लेखेका छन् ।
उनले तालिबानलाई अफगानिस्तानको भविष्यका बारेमा योजना बनाउन र उक्त योजना जनतालाई बुझाउन सुझाब दिएका छन् । आफू सधैँ अफगानिस्तानको हितमा काम गर्ने समेत घानीले सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया समेत दिएका छन् ।
















जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया