सोमबार, माघ ७, २०८१

अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री

मेरोन्यूज २०७८ साउन ३२ गते १०:३०

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भर्खरै यस्तो बताएका हुन् ।

Advertisement

“अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।”

प्रतिक्रिया