नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका ९ ६ घर भई हाल मुलपानी बस्ने ३१ वर्षीया कल्पना दाहाललाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
तुलाधरले आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी दाहालको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद प्रहरीले बरामद गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरबारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया