आइतबार, माघ ६, २०८१

ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

मेरोन्यूज २०७८ साउन ३२ गते १८:३२

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार ठाकुरको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

Advertisement

सर्वोच्चले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई नै दिने निर्वाचन आयोगको निर्णयलाई निरन्तरता दिएको हो । यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलार्य दिने निर्णय गरेको थियो ।

योसँगै निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय सदर भएको छ ।

प्रतिक्रिया