बिहीबार, जेठ १, २०८२

एमालेले बोलायो स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा

मेरोन्यूज २०७८ भदौ १ गते ७:३१

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै पार्टीको धारणा तय गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित लुतसीलाल स्मृति भवनमा बस्ने नेता छविलाल विश्वकर्माले जानकारी दिए । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै एमालेका सांसदले संसदमै आवाज उठाएका थिए ।

अहिले राजनीतिक दलसम्वन्धी ऐनमा पार्टी फुटाउन कम्तिमा ४० प्रतिशत केन्द्रीय सदस्य ४० प्रतिशत नै सांसद हुनुपर्ने उल्लेख छ ।

एमालेको असन्तुष्ट पक्ष एमाले फुटाउन उक्त ऐनमा भएको व्यवस्था अनुसार पर्याप्त नभएपछि अध्यादेश मार्फत ऐन संशोधन गर्न लागेको भन्ने एमालेमा आशंका बढेको हो ।

प्रतिक्रिया