एमालेले बोलायो स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा
मेरोन्यूज
२०७८ भदौ १ गते ७:३१

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै पार्टीको धारणा तय गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित लुतसीलाल स्मृति भवनमा बस्ने नेता छविलाल विश्वकर्माले जानकारी दिए । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै एमालेका सांसदले संसदमै आवाज उठाएका थिए ।
अहिले राजनीतिक दलसम्वन्धी ऐनमा पार्टी फुटाउन कम्तिमा ४० प्रतिशत केन्द्रीय सदस्य ४० प्रतिशत नै सांसद हुनुपर्ने उल्लेख छ ।
एमालेको असन्तुष्ट पक्ष एमाले फुटाउन उक्त ऐनमा भएको व्यवस्था अनुसार पर्याप्त नभएपछि अध्यादेश मार्फत ऐन संशोधन गर्न लागेको भन्ने एमालेमा आशंका बढेको हो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया