दलसम्बन्धि अध्यादेश : एमाले एकतामा ओलीको आह्वान, जसपा विभाजन गर्न ठाकुरलाई सहज

काठमाडौँ । सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले दल विभाजन गर्ने अध्यादेश ल्याउन प्रधानमन्त्री शेर बहादुर देउवासँग माग गरेका छन् । मंगलबार उनी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको भन्दै पार्टी एकीकृत गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सोमबार साँझ बसेको एमालेको शीर्ष नेताहरूको बैठकपछि विज्ञप्ति जारी गर्दै ओलीले एमाले एकीकृत गर्न सबै एक ठाउँमा आउनु पर्ने बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले एमाले र कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न षड्यान्त्र भइरहेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका हुन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टी एकतामा समाहित हुन आग्रह गरेका हुन् ।
सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले संसद अधिवेशनको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन लागेको बताउँदै गर्दा जसपाका नेता ठाकुर पक्षले प्रधानमन्त्रीलाई भेटेर अध्यादेश ल्याउन आग्रह गरेका हुन् ।
नेता ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेताहरूलाई लिएर प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा उनले चाँडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए ।
उता प्रधानमन्त्री बन्न देउवालाई पूर्ण साथ दिएका जसपाका अध्यक्ष यादव पक्षले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया