दलसम्बन्धि अध्यादेश : एमाले एकतामा ओलीको आह्वान, जसपा विभाजन गर्न ठाकुरलाई सहज

काठमाडौँ । सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले दल विभाजन गर्ने अध्यादेश ल्याउन प्रधानमन्त्री शेर बहादुर देउवासँग माग गरेका छन् । मंगलबार उनी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको भन्दै पार्टी एकीकृत गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सोमबार साँझ बसेको एमालेको शीर्ष नेताहरूको बैठकपछि विज्ञप्ति जारी गर्दै ओलीले एमाले एकीकृत गर्न सबै एक ठाउँमा आउनु पर्ने बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले एमाले र कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न षड्यान्त्र भइरहेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका हुन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टी एकतामा समाहित हुन आग्रह गरेका हुन् ।
सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले संसद अधिवेशनको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन लागेको बताउँदै गर्दा जसपाका नेता ठाकुर पक्षले प्रधानमन्त्रीलाई भेटेर अध्यादेश ल्याउन आग्रह गरेका हुन् ।
नेता ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेताहरूलाई लिएर प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा उनले चाँडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए ।
उता प्रधानमन्त्री बन्न देउवालाई पूर्ण साथ दिएका जसपाका अध्यक्ष यादव पक्षले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।










पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया