निर्वाचन आयोगमा एमालेको पत्र, केन्द्रीय सदस्य थपको अध्यावधिक गरिदिन आग्रह

काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय सदस्यहरूको संख्या थप गरेर निर्वाचन आयोगमा नयाँ विवरण अध्यावधिकका लागि पठाएको छ । २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको नाम निर्वाचन आयोगमा यस अगाडि दर्तामा थियो ।
अहिले एमालेले त्यो संख्या थप गरेर २ सय ६० को नयाँ विवरण पठाएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले एमालेबाट नयाँ विवरण अध्यावधिक गरिदिन भन्दै पत्र आएको पुष्टि गरे ।
‘एमालेले आफ्नो केन्द्रीय कमिटीको संख्या बढाएर नयाँ विवरण अध्यावधिक गरिदिन आग्रहसहितको पत्र निर्वाचन आयोगमा पठाएको छ,’ सचिव अधिकारीले भने ।
यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूसँग आफू पक्षका नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेर नयाँ नामसहितको विवरण आयोगमा पठाएको बताएका थिए ।
एमाले विभाजनको मुखमा रहेकै बेला निर्वाच्न आयोगमा नयाँ विवरण अध्यावधिकको लागि पुगेको हो ।
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया