निर्वाचन आयोगमा एमालेको पत्र, केन्द्रीय सदस्य थपको अध्यावधिक गरिदिन आग्रह

काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय सदस्यहरूको संख्या थप गरेर निर्वाचन आयोगमा नयाँ विवरण अध्यावधिकका लागि पठाएको छ । २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको नाम निर्वाचन आयोगमा यस अगाडि दर्तामा थियो ।
अहिले एमालेले त्यो संख्या थप गरेर २ सय ६० को नयाँ विवरण पठाएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले एमालेबाट नयाँ विवरण अध्यावधिक गरिदिन भन्दै पत्र आएको पुष्टि गरे ।
‘एमालेले आफ्नो केन्द्रीय कमिटीको संख्या बढाएर नयाँ विवरण अध्यावधिक गरिदिन आग्रहसहितको पत्र निर्वाचन आयोगमा पठाएको छ,’ सचिव अधिकारीले भने ।
यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूसँग आफू पक्षका नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेर नयाँ नामसहितको विवरण आयोगमा पठाएको बताएका थिए ।
एमाले विभाजनको मुखमा रहेकै बेला निर्वाच्न आयोगमा नयाँ विवरण अध्यावधिकको लागि पुगेको हो ।










सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया