असंवैधानिक कामकाे ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार : प्रदिप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका हुन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भने भइसकेको छैन।
उनले लेखेका छन्,“हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन ।असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।”
प्रतिक्रिया